मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
khabarhub.com · Tue Sep 22 09:20:07 GMT 2026

मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ ।
मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो । मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)