मठमन्दिरमा कर्णाली सरकारको करिब ११ करोड लगानी, अधिकांश अधुरै
ratopati.com
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको एउटा नीति नै थियो ‘अरू सार्वजनिक महत्त्वका कामको भौतिक संरचनातिर लगानी लगाऊँ, आस्थाका कामतिर आस्था मान्नेहरूले बढी फोकस गर्छन्, अहिले त्यतातिर ध्यान नदिऊँ ।’ तर उनकै कार्यकालमा धार्मिक क्षेत्रका नाममा राज्यको करोडौँ रकम खर्च भएको देखिन्छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७५–७६ देखि गत आर्थिक वर्षसम्म मात्रै ६२ वटा गुम्बा र मन्दिरका नाममा १० करोड ८२ लाख बराबरको रकम छुट्याइएको देखिन्छ । जसमा हालसम्म ९ करोड ८६ लाख ७६ हजार ६५० रुपैयाँ खर्च भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)