‘छोराको लाससँग सांसद पद साटेको होइन’, रचना खत्रीले भनिन्- न्याय पाए राजीनामा दिन्छु
kalakarmi.com · Tue Sep 22 09:20:49 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उनले बताइन् ।
उनले भनिन्, ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा हो । मेरो कोखमा नौ महिना हुर्किएर, ताते–ताते गर्दै मेरा आँखा सामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)