चिसो जुम्लामा तात्नेछ क्रिकेट, २८ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
nepallive.com · Tue Sep 22 09:20:56 GMT 2026
जुम्ला– हिमालको काखमा रहेको जुम्लामा अब क्रिकेटको नयाँ अध्याय सुरु हुने भएको छ। समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटर उचाइमा रहेको हाकुँ क्रिकेट मैदानमा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो।
‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गर्न लागेको हो। उच्च उचाइमा रहेको मैदानमा देशभरका खेलाडीलाई प्रतिस्पर्धा गराउँदै जुम्लालाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा चिनाउने आयोजकको तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)