त्रिपुरासुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ विरूद्ध भ्रष्टाचार मुद्दा
canadanepal.com · Tue Sep 22 09:23:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतको सडक योजनाको ठेक्का प्रक्रियामा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. ६ स्थित 'हरियापानी पालङ्ग माझफाल हुँदै रूकुम' सम्मको सडक निर्माण योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार बोलपत्र प्रक्रियामा कम रकम कबोल गर्ने पफर्मरकम्पनीलाई नियतवश अनुत्तीर्ण गराई बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरेर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)