विदेशमा रहेका नेपाली लक्षित प्रभु बैंकको घर कर्जा : ३ करोडसम्म पाइने
nepalpress.com · Tue Sep 22 09:27:14 GMT 2026

काठमाडौं । प्रभु बैंक लिमिटेडले वैदेशिक रोजगारी तथा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ। प्रवासी नेपालीलाई स्वदेशमा घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक वित्तीय पहुँच पुर्याउने उद्देश्यले बैंकले यो विशेष कर्जा योजना ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ३ करोडसम्म घर कर्जा प्राप्त गर्न सक्नेछन्। जसको भुक्तानी अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। बैंकका अनुसार यो कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत कायम गरिएको छ भने ब्याजदर औसत आधार दरमा वार्षिक ०.५० प्रतिशत मात्र थप गरी उपलब्ध गराइनेछ। यो सुविधा बैंकको देशभर रहेका ३०० वटै शाखाहरूमार्फत लिन सकिने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)