सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध
ratopati.com · Tue Sep 22 09:39:35 GMT 2026

सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए।
पहिरोले सडकमा क्षति पुर्याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएका छन्। सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ। अन्तरप्रदेशस्तरीय उक्त सडकले पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ। कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)