सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार
onlinekhabar.com · Tue Sep 22 09:29:03 GMT 2026

६ असोज, काठमाडौं । यो साताको पहिलो कारोबार दिन सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४ करोडको भयो ।
आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)