काठमाडौं महानगरको कांग्रेस सभापतिमा उठ्ने सुशन वैद्यको घोषणा
onlinekhabar.com · Tue Sep 22 09:28:25 GMT 2026

६ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा सुसन वैद्यले उम्मेदवारी दिने भएका छन् ।
महानगरको अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा असोज ७ गते (भोलि) हुने भएको छ । वर्तमान समितिमा सचिव रहेका वैद्यले सभापतिमा उम्मेदवार दिने घोषणा गरेका हुन् । ‘मेरो उम्मेदवारी सभापति पदका लागि हुन्छ । सभापति उठ्नका लागि नै मैले तयारी गर्दै आएको थिएँ,’ वैद्यले अनलाइनखबरसँग भने । वैद्य पेशाले इन्जिनियर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)