‘मानवअधिकारमैत्री विकासका लागि स्थानीय तहको भूमिका प्रभावकारी बनाउन आवश्यक’
khabarhub.com · Tue Sep 22 09:36:17 GMT 2026

सुदूरपश्चिम – नागरिकसँग सबैभन्दा नजिक रहेका स्थानीय तहले मानवअधिकारमैत्री विकास, नागरिक संरक्षण र प्रवर्द्धनलाई आफ्नो शासनको मूल आधार बनाउनुपर्नेमा जोड दिइएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘मानवअधिकार सुनिश्चितताका लागि स्थानीय तहको भूमिका’सम्बन्धी कार्यक्रममा संविधानले प्रत्याभूत गरेका मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेकाले मानवअधिकारमैत्री सेवा प्रवाहका लागि जोड दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)