पुँजीगत लाभकर घटेको दिन नेप्से बढ्यो, कारोबार ७ अर्ब नाघ्यो
aarthiknews.com

साताको पहिलो कारोबार दिन बजारमा कारोबार रकमसमेत बढेको छ। मंगलबार ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता सेयर ७० हजार ६९१ पटकको कारोबारमा किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.७१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेका छन्। बजारमा १३७ कम्पनीको सेयरमूल्य बढ्दा १३१ कम्पनीको घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)