प्रेसमाथि प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्यो ‘ट्रम्प टीभी’
baahrakhari.com · Tue Sep 22 09:40:52 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएको केही दिनपछि सोमबारदेखि युट्युबमा २४ घण्टा प्रसारण हुने ‘ट्रम्प टीभी’ सुरु गरिएको छ । ह्वाइट हाउसले सुरु गरेको यो च्यानलको नाम ‘ ट्रम्प टीभी : द इसेन्सियल्स स्टेसन ’ राखिएको छ ।
पहिलो कार्यक्रममा जुलाई ३ मा माउन्ट रसमोरमा ट्रम्पले दिएको सम्बोधन प्रसारण गरियो । च्यानलमा ट्रम्प प्रशासनका प्रमुख गतिविधि, सम्बोधन र महत्त्वपूर्ण क्षण चौबिसै घण्टा प्रसारण गरिने ह्वाइट हाउसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)