सांसद खतिवडाको प्रश्न- शहीदकी आमामाथि अपमान हुँदा सरकार के हेरेर बसेको छ ?
onlinekhabar.com · Tue Sep 22 09:40:33 GMT 2026

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो’, सांसद खतिवडाले भनिन्, ‘मेरो कोखमा ९ महिना हुर्किएको ताते–ताते गर्दै मेरा आँखासामु नै बढेको मेरो मुटुको टुक्रा त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)