उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श
ratopati.com · Tue Sep 22 09:45:43 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा खोज, उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श दिएको छ।
सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय, कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)