बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार
kalakarmi.com · Tue Sep 22 09:43:04 GMT 2026

काठमाडौं- मंगलवार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४ अंकमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलवार कारोबार रकम बढेर ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका अधिकांश उपसमूहको परिसूचक बढेको छ। अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र लघुवित्त ०.४८ प्रतिशतले बढेका छन् । यता वित्त समूहको परिसूचक ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशतले घटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)