‘आचार्य’ कै कारण पुनः सुटिङमा निस्किएको हो ‘१२ गाउँ २’ ?
kalakarmi.com · Tue Sep 22 09:58:10 GMT 2026

काठमाडौं– दशैँको फूलपातीलाई प्रदर्शन मिति तोकेको फिल्म ‘१२ गाउँ २’ यतिबेला फेरि सुटिङमा निस्किएको जानकारी प्राप्त भएको छ । पोस्टरदेखि गीतसम्म सार्वजनिक भइसकेको अवस्थामा अनि प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण टिम पुनः सुटिङमा निस्किएपछि नेपाली फिल्मवृत्तमा यसलाई लिएर अनेकथरी चर्चा प्रारम्भ भएको छ ।
झन् रोचक कुरा त के छ भने ‘१२ गाउँ २’ भन्दा करिब तीन साताअघि प्रदर्शनमा आउन लागेको ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएपछि ‘१२ गाउँ २’ को टिम सुटिङमा निस्किएको हो । त्यसपछि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ– कतै ‘आचार्य’ कै कारण ‘१२ गाउँ २’ फेरि सुटिङमा निस्किएको त होइन ?’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)