वकिल पृष्ठभूमिका रास्वपा सांसदको धम्की- महाभियोगको व्यवस्था संविधानको सुन्दरताका लागि मात्र होइन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले संविधानमा उल्लिखित महाभियोगको व्यवस्था केवल संविधानको सुन्दरता बढाउन मात्र नराखिएको चेतावनी दिएका छन् । उनले यो व्यवस्था विधिको शासन कायम गर्नका लागि राखिएकाले न्यायपालिका पनि विधि र थितिमा चल्नुपर्ने टिप्पणी गरे ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसद्मा न्यायाधीशका फैसला वा विवेकका सन्दर्भमा बोल्न नपाइने नियम भए पनि त्यसको अर्थ महाभियोगको व्यवस्था चुप लागेर बस्नका लागि नभएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)