दाहाल सरकारका कूटनीतिक चुनौती
ekantipur.com · Wed Dec 28 01:15:01 GMT 2022
काठमाडौँ — विदेश मामिलामा पछिल्ला दशकमा दोहोरिरहने वाक्य हुन्– ‘नेपालले छिमेकी भारत र चीनसँग विश्वासको वातावरण बनाएर सुमधुर सम्बन्ध कायम राख्नुपर्छ । एकविरुद्ध अर्को मुलुकलाई कार्ड रूपमा प्रयोग गर्नु हुँदैन । दुवै छिमेकीलाई साथमा लिएर नेपालको आर्थिक समृद्धि र विकास गर्नुपर्छ ।’
तर नेपालमा छोटो–छोटो समयमा फेरिरहने सरकार र ती सरकारका कार्यशैलीका कारण छिमेकसँगको सम्बन्धमा सधैं उतारचढाव देखिन्छ । कुनै सरकार उत्तरसँग बढी झुकाव राखेजस्तो त कुनै दक्षिणतिर ढल्किएजस्तो देखिन्छ भने कुनै बेला दुवै छिमेकीसँग सौहार्द सम्बन्धको अभाव खड्किएको पाइन्छ । त्यही कारण दुई छिमेकीलाई विश्वासमा लिएर सम्बन्ध सुमधुर बनाउनु पुष्पकमल दाहाल नेतृत्वको नवगठित सरकारलाई मुख्य चुनौती रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)