सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
ratopati.com · Tue Sep 22 10:03:08 GMT 2026

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लामा मिर्गाैलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच शय्याको मिर्गाैला ‘डायलासिस’ सेवा सञ्चालनमा छ । भने बाँकी ६ जिल्लाका मृगौला पीडित बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ ।