सल्यानमा स्क्रब टाइफसको प्रकोप : परीक्षण किट र औषधिको व्यवस्था गर्न सांसद मल्लको माग
ratopati.com · Tue Sep 22 10:02:12 GMT 2026

काठमाडौँ । सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ।
संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताएका हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नागरिकको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)