राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
canadanepal.com · Tue Sep 22 10:01:55 GMT 2026

रियाद - संयुक्त राष्ट्रसङ्घले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका सीमापार आक्रमणको निन्दा गर्दै यमन तथा आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावले सर्वसाधारणमा गम्भीर मानवीय असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, सबै पक्षलाई संयम अपनाउन र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले राजधानी रियादलाई लक्षित गर्ने प्रयाससहित साउदी अरबमाथि भइरहेका हुथी आक्रमणको निन्दा दोहोर्याएका हुन् । उनले साउदी अरबका विभिन्न स्थानमा नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घ गम्भीर रूपमा चिन्तित रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)