किमद्वारा नयाँ हतियार प्रणालीको प्रशंसा
ratopati.com · Tue Sep 22 10:05:31 GMT 2026

काठमाडाैँ । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै त्यसलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाण भएको बताएका छन्। दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणको विवरण सार्वजनिक गरेको हो।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार मिसाइल ब्युरोले आइतबार किमको उपस्थितिमा नयाँ हतियारको सफल परीक्षण गरेको थियो। परीक्षण गरिएको हतियारको प्रकार भने प्योङयाङले खुलाएको छैन। किमले उक्त परीक्षणलाई ‘अत्याधुनिक रक्षा प्रविधिको उल्लेखनीय प्रदर्शन’ भन्दै यस्तो प्रविधिले विरोधीलाई गम्भीर चुनौती दिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)