अब लाइसेन्स छपाइदेखि घरमै पुर्याउनेसम्मको प्रक्रिया थप व्यवस्थित हुने
ajakoartha.com · Tue Sep 22 10:05:00 GMT 2026

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित, छिटो र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।
मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत जारी हुने लाइसेन्सको विवरण सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। त्यसपछि सुरक्षण मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)