प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Tue Sep 22 10:08:07 GMT 2026

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ६ हरियापानी पालङ्ग माझफाल हुदै रुकुमसम्म सडक योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबोल गर्नेलाई अनुत्तिर्ण गरी बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)