घर फर्किने प्रतीक्षामा थियो परिवार, तर बाकसमा आइपुग्यो शव
annapurnapost.com · Tue Sep 22 09:59:47 GMT 2026

विराटनगर : ६ वर्षदेखि परदेशमा रहेका श्रीमान घर फर्कने दिन गन्दै थिइन् देवी जिसी पौडेल। छोरी स्मृति पनि लामो समयपछि बुवा घर आउने खबरले उत्साहित थिइन्।
भदौ १५ गते छत्रबहादुर पौडेल घर फर्किने तयारीमा थिए। तर, परिवारले कुरेको त्यो दिन कहिल्यै आएन। अब आउने पनि छैन। घर फर्कने तयारीमा रहेका मोरङको उर्लाबारी नगरपालिका–७ भद्रमारीका ५१ वर्षीय छत्रबहादुर (कमल) पौडेल मंगलबार बिहान जीवित होइन, शव बनेर घर आइपुगे। साउदी अरबमा दुर्घटनामा परेर गत साउन १४ गते उनको मृत्यु भएको थियो। मृत्यु भएको ५३ दिनपछि उनको शव घर ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)