माधव नेपालको क्षेत्रमा सिर्जनाको म्याराथन घरदैलो : ३२ सेकेन्डको मन्तव्य, चारमुख महादेवको दर्शन
pahilopost.com · Wed May 04 16:04:20 GMT 2022
काठमाडौँ: ठिक ४ बजे काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंह पेप्सीकोला टाउनप्लानिङमा रहेको खेलमैदान आइपुग्ने कार्यतालिका रहेछ। कार्यकर्ता ३:३० बजेबाटै पुरानो सिनामंगल चोकमा जम्मा भएर स्वागतको तयारीमा थिए।
कोही नेवारी तबलाको तालमा नाच्दै थिए। कोही स्पिकरमा घन्किएको कांग्रेसको गीतमा कम्मर भाँच्दै थिए। काया हेल्थकेयर अगाडिको सडकमा एकीकृत समाजवादीबाट वडाध्यक्षकी उम्मेदवार रहेकी सीता कँडेल पराजुली पनि मेयर र उपमेयरको उम्मेदवारलाई पर्खिरहेकी थिइन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)