कार्य विनायकमा ‘ल्याङ्ग ल्याङ्ग’ को शुभ मुहूर्त, बुधवारदेखि फ्लोरमा
kalakarmi.com · Tue Sep 22 10:11:01 GMT 2026

काठमाडौं– बलिराम चौहानको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेको हो । शुभ मुहुर्तमा फिल्मकमा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित सबैजसो मुख्य कलाकार उपस्थित थिए ।
यो फिल्मको छायांकन बुधवारदेखि काठमाडौंको लाजिम्पाट क्षेत्रबाट प्रारम्भ गरिने निर्देशक चौहानले बताएका छन् । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन प्रारम्भ गरिने छ । यो फिल्मको छायांकन काठमाडौंपछि झापा तथा सुनसरीको इटहरी क्षेत्रमा गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)