मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समदुरी र मित्रताको संयोजन

rajdhanidaily.com · Wed Aug 30 23:18:38 GMT 2023

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपालका लागि कूटनीतिक भ्रमणमा आइपुगेसँगै बुधबारदेखि एमसीसी कार्यान्वयनमा आउने भएको छ । यसले विरोधका बाबजुद पनि एमसिसी परियोजनाको औपचारिकरूपमा कार्यान्वयनमा आएसँगै आमनेपालीबिच यसको कार्यान्वयन नेपाल सरकारले कसरी गर्ला भनी निकै चासोका साथ हेरिरहेको छ । आफ्ना पाँचवर्षे बजेट तथा नीतिसँगै एमसीसी कार्यान्वयनमा आउन थालेको छ । यसले नेपालसँग एमसीसी परियोजनाको व्यावहारिक सहकार्य हुने भएकाले ससाना काम तथा तिनका असर र परिणाम’bout अमेरिकी चासो झांगिएर जाने छ । नेपालमा अमेरिकी चासो तथा उच्चस्तरीय भेटघाट र व्यवहार पनि बढ्दै जाने छ । सन् १९१७ देखि नै एमसीसी परियोजना नेपालमा भित्रिइसकेकाले यसको तयारी तथा कार्यान्वयनका वातावरण निर्माणमा केही लामो समय नै लाग्न पुगेको देखिन्छ । नेपालमा एमसीसी कार्यान्वयनसँगै नेपालका नेताले गरेका ‘व्याख्यात्मक घोषणा’को के अर्थ रहन्छ भन्ने कुरामा सबैको चासो बढेर गएको पनि देखिएको छ । एमसीसीको सुरुमा चर्को विरोध र पछि संसद अनुमोदनमा नेतृत्व र जोडबल गरेको माओवादी केन्द्र र यसका अध्यक्ष नै हालको सरकारको नेतृत्वमा रहेकाले पनि यो विषय चासोको विषय बनेर आएको छ ।

नेपालले विभिन्न देशसँग सहयोग र सहकार्यको हात बढाउँदै गर्दा आइपरेका सहयोग र सहकार्यका विविध कार्यक्रममध्ये नेपालको मित्र देश अमेरिकाले एमसीसी परियोजनाअघि सारेको पृष्ठभूमि आफंैमा छर्लंग छ । अमेरिका नेपालको मित्र देश हो । यससँगै नेपालको साँध र सिमाना जोडिएका चीन र भारतजस्ता दुई ठुला छिमेकी देश पनि छन् । विज्ञान तथा प्रविधिको विकाससँगै पछिल्लो समयमा विश्वमा आएको शक्ति सन्तुलनको कारण नेपाल अहिले यी तिनवटै देशको रणनीतिक चासो रहेको देशमा परिणत हुन गएको छ । यस्तो अवस्थामा देशीय तथा अन्तरदेशीय र अन्तर्राष्ट्रिय स्वार्थ र चासोलाई सम्बोधन गर्न सक्ने हैसियत र दूरदृष्टि नेपाली नेतामा कत्तिको छ, त्यो त हेर्न बाँकी छ । तर, पनि नेपालमा अबका दिनमा देशीय चासोभन्दा पनि अन्तर्राष्ट्रिय चासोले प्रधानता पाउने भन्ने कुरा स्पष्ट देखापरिसकेको छ । एमसीसी संसदबाट अनुमोदन गर्नुपूर्व नेपालले पहिलेदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति अहिले भने ओझेलमा पर्न गएको छ । यसले केही कूटनीतिक मर्यादाका प्रश्न शासकमाझ उठाएको पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)