कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षा–बेन्च स्थापना
clickmandu.com · Tue Sep 22 10:18:28 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकले उक्त बेन्चहरू स्थापना गरेको हो ।
बैंकका काठमाडौँ प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको हो । सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षा–बेन्चबाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)