बुटवलको रारा मसला उद्योगको उत्पादनमा रोक
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा न- ११ देवीनगरस्थित रारा मसला उद्योगलाई नियमनकारी निकायले कडा कदम चालेको छ । उद्योगबाट उत्पादित प्रदूषण र अत्यधिक कम्पनका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले उद्योगको उत्पादन कार्य पूर्ण रुपमा बन्द गर्न पत्र काटेको हो ।
कार्यालयले समस्याको उचित समाधान नहुँदासम्मका लागि उद्योगको सम्पूर्ण उत्पादन बन्द गर्न निर्देशन दिएको हो । साथै, पत्र प्राप्त भएको मितिले ७ दिनभित्र कार्यालयसँग समन्वय गरी दुवै पक्ष (उद्योगी र पीडित स्थानीय) को सहमतिका लागि उपस्थित हुन समेत सचेत गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)