मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला कायम गर्न विज्ञहरूको सुझाव

gorkhapatraonline.com · Mon Sep 12 00:55:47 GMT 2022

काठमाडौँ, भदौ २७ गते । काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काए मात्रै बाढीको दीर्घकालीन समाधान हुने सुझाव जलस्रोत विज्ञहरूले दिनुभएको छ।

बाढीमा समस्या सुरु हुनुको कारण अध्ययन गरी दीर्घकालीन समाधानका लागि यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काउनु उचित हुने बताउनुभएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रस्तावित धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफलमा पानीको बहाव, खोलाको बाटो र अतिक्रमित क्षेत्रको बस्तीको समग्र अध्ययनमार्फत नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने उहाँहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)