पिकअप गाडी दुर्घटनामा चालकको मृत्यु
barnanmedia.com · Sun Jun 28 06:36:55 GMT 2026

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी आइतबार बिहान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा चालक मुकुन्द झ्यारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)