स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग
ratopati.com · Tue Sep 22 10:39:02 GMT 2026

काठमाडौँ । सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद जगतप्रसाद जोशीले सभामुखमार्फत भजनी, कैलारीलगायत गाउँपालिकामा जनशक्ति र स्वास्थ्य उपकरणको अभाव रहेको भन्दै स्वास्थ्यमा समान पहुँचको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद झबिलाल डुम्रेले स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा अस्पताल निर्माणका लागि आवश्यक समन्वयसहित जग्गा तथा बजेटको व्यवस्था गर्न अनुरोध गरे । सांसद टुकाभद्रा हमालले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै स्वास्थ्य बिमा सबैको पहुँचमा ल्याउन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)