गाउँपालिकाबाटै पान नम्बर वितरण सुरु
gorkhapatraonline.com · Tue Sep 22 09:45:44 GMT 2026

धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ । स्थानीय नागरिक तथा व्यवसायीहरुलाई पालिकाबाटै कर सम्बन्धी सेवा दिने उदेश्यले स्थानीयस्तरमै सेवा सुरु गरेको हो ।
कर सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम धनकुटा धाउनुपर्ने बाध्यताको अन्त्य गर्र्न सेवा सुरु गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजबाट हामीले गाउँपालिकैबाट सेवाग्रहीलाई पान वितरण गर्दै कार्यको सुभारम्भ गरेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)