गुटेरेसद्वारा एआई नियन्त्रणको आह्वानको स्वागत
gorkhapatraonline.com · Tue Sep 22 10:24:53 GMT 2026

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ । उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा सुरु गरिएको पहलले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नाघेमा राष्ट्रलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)