सडक यातायात अवरुद्ध हुन नदिन सचिवहरुको सुझाव
gorkhapatraonline.com · Tue Sep 22 10:24:51 GMT 2026

दसैं, तिहार तथा छठजस्ता प्रमुख चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राख्दै सडक यातायात अवरुद्ध हुन नदिन र अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सरकारले विशेष तयारी गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विषयगत मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो।
बैठकले चाडपर्वका समयमा सर्वसाधारणको सहज आवागमन र सेवा प्रवाहका लागि सम्बद्ध निकायले जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्त–दुरुस्त राखी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)