किमद्वारा नयाँ हतियार प्रणालीको प्रशंसा
gorkhapatraonline.com · Tue Sep 22 10:37:33 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै त्यसलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाण भएको बताउनुभएको छ । दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुई वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणको विवरण सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार मिसाइल ब्युरोले आइतबार किमको उपस्थितिमा नयाँ हतियारको सफल परीक्षण गरेको थियो । परीक्षण गरिएको हतियारको प्रकार भने प्योङयाङले खुलाएको छैन । किमले उक्त परीक्षणलाई ‘अत्याधुनिक रक्षा प्रविधिको उल्लेखनीय प्रदर्शन’ भन्दै यस्तो प्रविधिले विरोधीलाई गम्भीर चुनौती दिने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)