मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राखेपविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता, ३० गते पेसी

ratopati.com · Fri Feb 23 01:07:00 GMT 2024

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दिएका हुन् । एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो । पालिकाले समेत केही रकम लगानी गरेकोमा अहिले काम ठप्प छ ।

अध्यक्ष गुरुङले काम अविलम्ब सुरु गर्न माग गर्दै अदालतमा मुद्दा दिएका हुन् । ‘यसमा के भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? माग बमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै आधार र कारण भए खुलाई १५ दिनभित्र पेश गर्नुहोला,’ उत्प्रेषण परमादेश जारी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)