कोशीका ठूला सहरमा कांग्रेसको चुनावी सरगर्मी : को-को छन् नगर सभापतिका दाबेदार ?
nepalpress.com · Tue Sep 22 10:42:41 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत असोज ६ र ७ गतेका लागि तय गरिएको नगर अधिवेशन नजिकिएसँगै कोशी प्रदेशका ठूला सहरहरूमा नेतृत्व हत्याउने प्रतिस्पर्धा तीव्र बनेको छ। नगर नेतृत्वमा पुग्न चाहने आकांक्षीहरू क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्न र आन्तरिक समीकरण मिलाउन व्यस्त देखिएका छन् ।
पार्टीभित्र शीर्ष तहमा गुटगत विवाद कायमै रहे पनि स्थानीय तहमा भने उत्साह देखिएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले छुट्टै कार्यतालिका अघि सारेको र डा. शेखर कोइराला समूहले ‘एकताको महाधिवेशन’ भन्दै असन्तुष्टि जनाइरहेको पृष्ठभूमिबीच अधिकांश नेता-कार्यकर्ताहरू भने अधिवेशन प्रक्रियामा सामेल भएका छन् । वडा तहबाट क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएसँगै अब नगर नेतृत्वका लागि रस्साकस्सी सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)