भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
kendrabindu.com · Tue Sep 22 10:46:09 GMT 2026

काठमाडाैं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासबाट याे आदेश जारी भएकाे हाे । दाहालको तर्फबाट छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलगायतलाई विपक्षी बनाइएको छ । उक्त मुद्दाको सुनुवाइमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठ तथा अधिवक्ताहरू युवराज कोइराला, शान्ति ढुंगाना, सुभाष सिंह धामी र निकेश धितालले बहस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)