मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु
khabarhub.com · Tue Sep 22 10:47:35 GMT 2026

साना – यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर मोचामा मङ्गलबार साउदी अरबले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार साउदी लडाकु विमानले मोचाको एक आवासीय क्षेत्रमा तीन हवाई आक्रमण गरेका थिए । आक्रमणमा दुई बालबालिका र एक महिलासहित छ जनाको मृत्यु भएको तथा आठ जना घाइते भएका जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)