डोल्पामा सडक ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nepalsamaya.com · Tue Sep 22 10:52:22 GMT 2026

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र छल निर्माण सेवा प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
हरियापानी–पालुङ्ग–माझफाल हुँदै रुकुम जोड्ने सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने छल निर्माण सेवालाई ठेक्का दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)