२० औं एसियन गेम्स : महिला क्रिकेटमा भारतलाई स्वर्ण
annapurnapost.com · Tue Sep 22 10:42:40 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ को महिला क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै भारतले स्वर्णपदक जितेको छ। महिला क्रिकेटको फाइनल खेलमा भारतले श्रीलंकालाई १४७ रनले हराएको हो।
यो २० औं एसियन गेम्समा भारतले जितेको पहिलो स्वर्ण पदक हो। जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतीमा २१६ रन बनाएको थियो। भारतले दिएको २१७ रनको बलियो लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रन बनाउँदै अलआउट भयो। श्रीलंकाको लागि कप्तान चमारी अथापाथुले सर्वाधिक २९ रन बनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)