सन्तोष–रोहितले पुरानो तुष झिके, सामाजिक सञ्जालमा एक-अर्कामाथि प्रहार
nepalpress.com · Tue Sep 22 10:53:45 GMT 2026

काठमाडौं । निर्माताद्धय सन्तोष सेन र रोहित अधिकारी फेरि एकपटक सामाजिक सञ्जालमा आमने सामने भएका छन् । सन्तोषले लेखेको एउटा स्टाटस र त्यसमा रोहितले गरेको कमेन्टले उनीहरुबीच पुरानो तुष अझै समाप्त नभएको देखिएको छ ।
सन्तोषले आज आफ्नो स्टाटसमा रोहितलाई लक्ष्यित गर्दै ‘कुटिल चाल भएको व्यक्ति’ भनेका थिए । आगामी दशैंको फूलपति अर्थात् असोज ३१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ माया छपक्कै २’ को पोस्टर शेयर गर्दै उनले सुरुवातमै लेखेका छन्, ‘यसमा लगानी गर्ने व्यक्तिको रुपमा जोडिने व्यक्ति कुटिल मानसिकता भएको मान्छे हो । तर, कसैको सृजना एकजना व्यक्तिको कारणले मर्नु हुँदैन । सबैले त्यही मानसिकताबाट सोच्ने हो भने असली कला मर्दै जान्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)