यस वर्षको दसैँमा सरकारले खसी-च्याङ्ग्रा नबेच्ने
ratopati.com · Tue Sep 22 10:50:35 GMT 2026

काठमाडौँ । चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्ष दसैँमा खसी-च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो।
बजारको बढ्दो मूल्यलाई सन्तुलनमा राख्न कम्पनीले हरेक वर्ष दसैँको समयमा उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा ल्याउने गर्थ्यो। तर, कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। सोही कारण कम्पनीले यसपटक उपत्यकामा सहुलियतका चौपाया नल्याउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)