बाँझो जमिनमा केरा खेतीको बहार
onlinekhabar.com · Tue Sep 22 11:05:25 GMT 2026

६ असोज, गुल्मी । वर्षौंदेखि बाँझिएको गुल्मी रेसुङ्गा नगरपालिका–४ सेउघा थुक्का टोलको जमिन पुन: हराभरा हुन थालेको छ । मानिसहरू गाउँबाट शहरतर्फ बसाइँ सर्न थालेपछि बाँझिदैै गएको जमिनमा अहिले स्थानीय जातका केराका बोट लहलह देखिन थालेका छन् ।
बाँझो जमिनलाई सदुपयोग गर्दै स्थानीय किसानले थालेको केराखेतीले कृषि पेसाप्रति आकर्षण बढाएको छ । सेउघाको थुक्का टोलमा करिब ३२ वर्षदेखि बाँझिएको जमिनमा अहिले केराका बोटले हरियाली छाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)