भोटेकोशी बाढीपीडितका लागि जुट्दै सहयोग: प्रधानमन्त्री प्रकोप कोषमा १५ अर्बभन्दा बढी मौज्दात
reportersnepal.com · Tue Sep 22 11:12:20 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खाताहरूमा गरी कुल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार दैवी प्रकोप उद्धार कोषअन्तर्गत नेपालका नौ वटा वाणिज्य बैंकहरूमा सञ्चालित खाताहरूमा रु. ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ जम्मा भइसकेको छ। यसैगरी विदेशी सहायता तथा सद्भावस्वरूप प्राप्त हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खाताहरूमा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर सञ्चित रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)