बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
swasthyakhabar.com · Tue Sep 22 11:13:21 GMT 2026

अछाम- अछाम जिल्लामा अवस्थित बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक सात जना विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएसँगै अस्पतालमा विभिन्न विधाका सात जना विशेषज्ञ डाक्टरले सेवा दिन थालेका हुन्।
विगतका वर्षहरूमा हाडजोर्नी र कहिलेकाहीँ एमडीजीपी विशेषज्ञ डाक्टरले मात्र सेवा दिने गरेका थिए। सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्रमा एकैपटक सात जना विशेषज्ञ डाक्टर आएर सेवा दिएको यो पहिलोपटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)