कञ्चनपुरका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप
gorkhapatraonline.com · Tue Sep 22 11:22:55 GMT 2026

जलवायु परिवर्तनको असरले यहाँका अस्पतालहरूमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनका कारण पछिल्लो डेढ महिनायता भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।
छिनछिनमा वर्षा, अत्यधिक गर्मी धुलो–धुवाँ तथा प्रदूषित वातावरणले भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या वृद्धि भएको यहाँका अस्पतालहरूले बताएका छन् । पछिल्लो तीन साता अघिदेखि दैनिक ८० भन्दा बढी भाइरल ज्वरो, टाइफाइड लगायतका बिरामी उपचारका लागि आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । मौसममा परिवर्तन, दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएको प्रादेशिक अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)