भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
annapurnapost.com · Tue Sep 22 11:25:12 GMT 2026

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्री रहेका छन्। उनको पहिचान खुल्न बाँकी छ।
मगंलबार दिउँसो ३ बजेतिर के.एम.सी.अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)